सुदूर नेपाललाई विश्वसँग जोड्दै

अग्नि सापकोटाले दिए सभामुखमा उम्मेदवारी

२०७६ माघ ७, १२:२९ खबर संवाददाता

नेपाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्नि सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद सचिवालयमा मंगलबार उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनको उम्मेदवारीमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण समर्थक रहेका छन्।

सभामुख पदका लागि संसद सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको  समय तोकेको छ।
 

कमेन्ट लोड गर्नुस