सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने

२०७६ माघ ७, १२:१३ खबर संवाददाता

नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सो निर्णय गरेको बैठकपछि जारी गरिएको वक्तव्यमा जनाइएको छ।

सो पार्टीका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसको बैठकपछि जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘‘सभामुख निर्वाचित गर्न यथेष्ठ मत रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधि सभाको सभामुख पदको आसन्न निर्वाचनमा आफ्नो उम्मेदवार प्रस्तुत गरिसकेको तथा सभामुख पद आफैँमा तटस्थ रहनु पर्ने पद भएको कुरालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दल आफ्नो तर्फबाट प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्दछ।’’

कमेन्ट लोड गर्नुस