सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब कसैलाई पनि ‘तँ’ भन्न नपाइने

२०७६ माघ ७, ०९:०६ खबर संवाददाता

सतारुढ दल नेकपाले पार्टी नेता कार्याकर्तालाई अनुशासनमा बाँध्न आचारसंहिता जारी गरेको छ। पार्टीका दुवै अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरी नेताहरुलाई आइतबार पठाएको १२ पानाको विशेष परिपत्रमामा पार्टी नेता र कार्यकर्ताले अवलम्बन गर्ने आचारसंहितादेखि संगठन विभागलाई थपिएको अधिकारसम्म जानकारी गराइएको छ।

परिपत्रमा नेता कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी गरिएको उल्लेख छ। परिवारका सदस्यसँग गरिने बोलीचाली र व्यवहारदेखि खानपान, उठबससम्मका विषयमा अवलम्बन गर्नुपर्ने नीतिसमेत उल्लेख परिपत्रमा छ। नेकपाले बनाएको आचारसंहितामा पार्टी नेता कार्यकर्ता कसैले पनि अरु कसैलाई पनि तँ समेत भन्न नपाइने उल्लेख छ। आजको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।
 

कमेन्ट लोड गर्नुस