सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानिसको हत्या गरेर मासुको अचार खाने यी नर्स

२०७६ माघ ७, ०६:०९ खबर संवाददाता

रसियाको क्रसनोदर शहरमा बस्ने नतालिया नामकी एक महिला आफ्ना पति दमित्री बाकसायबसँग बस्ने गर्थिन्। अन्तराष्ट्रिय सञ्चारमाध्यामका अनुसार उनीहरु दुबै जना नरभक्षि थिए। नतालिया पहिला मानिसहरुको हत्या गर्थिन् र मासुलाई फ्रिजमा स्टोर गरेर राख्थिन्।

साथै मानिसको मासुलाई उनी अचार बनाएर खाने गर्थिन्। मानिसहरुले जब उनीहरुको कर्तुत थाहा पाए तब प्रहरीमा गएर उजुरी गरे। प्रहरीले उनीहरुलाई समातेर लग्यो।

अनुसन्धानका क्रममा प्रहरीले उनीहरुको घरबाट ८ मानिसहरुको शरिर फेला पार्याे। साथै मानिसको मासुबाट बनाएको अचार पनि फेला पार्याे।

उक्त महिला पेशाले नर्स थिइन्। त्यसैले पनि उनलाई मानिसलाई आफ्नो शिकार बनाउँन सजिलो हुने गर्दथ्यो। उक्त महिलाले प्रहरीलाई अनुसन्धानका क्रममा पतिको सहायतामा मानिसलाई घरमा बोलाएर मानिसको शिकार गर्ने गरेको बताएकी थिइन्। उनीहरुलाई प्रहरीले अदालतमा पठायो। उनीहरुले अदालतमा ३० महिलाहरुको हत्या गरेको बयान दिएका थिए। उनीहरु दुबैलाई अदालतले आजिवन जेलको सजाय दिएको थियो। एजेन्सी
 

कमेन्ट लोड गर्नुस