सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेरी मन्त्रिमण्डल पूनर्गठन हुने, शिवमायालाई मन्त्री बनाइने!

२०७६ माघ ६, ०४:१६ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली फेरी मन्त्रिपरिषद पूनर्गठनको तयारीमा जुटेका छन्। यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचन पछि प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक पूनर्गठन गर्ने तयारी थालेका छन्। सरकारमा यो पटक राजपा नेपालको पनि सत्तारोहण हुने बुझिएको छ। 

प्रतिनिधिसभाको उपसभामुखबाट आजमात्रै राजीनामा दिएकी डा. शिवमाया तुम्बाहाम्फेलाई पनि मन्त्री बनाउने प्रधानमन्त्री ओलीको चाहना छ। 

यो पटकको मन्त्रिमण्डल पूनर्गठनमा ओलीले राजपाबाट दुई जना मन्त्री सरकारमा सहभागी गराउने योजना बनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस