सुदूर नेपाललाई विश्वसँग जोड्दै

२५० किलोका आईएस आतकंकारी पक्राउ, भ्यानमा नअटाएपछि मिनी ट्रक

२०७६ माघ ६, १२:०५ खबर संवाददाता

इराकको मोसुलमा आतंककारी पक्राउ गर्न गएको स्वाटको टोली अलमलमा परेको छ। स्वाटको एक विशेष टोली आईएसमा संलग्न शिफा अल निमा ९ जब्बा द जिहादी० लाई पक्राउ गर्न गएको थियो। तर उनी तौल बढी भएका कारण हलचल गर्न सकिरहेका थिएनन्।  

एक अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार शिफाको तौल २५० किलो रहेको छ। उनलाई पक्राउ गरेर ल्याउन प्रहरीको भ्यान सानो भएपछि ट्रक बोलाइएको थियो। शिफाको फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको। शिफा तौल बढ्ने (ओभेसीटी) को समस्याबाट पीडित छन्।

आईएसका शीर्ष नेताका अनुसार शिफा जिहादीविरुद्ध भाषण दिनको लागि चर्चित नेताको रुपमा चिनिन्छन्। बेलायती कार्यकर्ता मजीद नवाजका अनुसार शिफा आतंककारीहरुलाई तयार पार्ने कार्यमा पनि संलग्न रहँदै आएका थिए।

शिफाको बारेमा अनुसन्धान गरिसकेका बेलायती कार्यकर्ता माजिद नवाजका अनुसार शिफा उत्तेजक भाषण दिँदै आतंककारीहरुलाई जागरुग गराउने काम गर्थे। र आतंककारीको दिमागमा विष घोल्ने काम गर्थे।

उनी सुरुवातदेखि नै आईएसका शीर्ष नेता थिए। उनी आदेश जारी गर्थे र आतंककारीहरु खुलेआम हत्या र आतंकजस्ता कार्यमा समावेश हुनेगर्थे। एजेन्सी 

कमेन्ट लोड गर्नुस