सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रशान्त महासागरमा अचानकको तातोले १० लाख बढी चरा मरे

२०७६ माघ ६, ०७:०४

पछिल्लो १२ महिनामा १० लाख भन्दा बढी समुद्री चराहरु मारिएकाबारे वैज्ञानिकहरुले विशेष चिन्ता व्यक्त गरेका छन। चराहरुको एकसाथ मृत्युको यो इतिहासकै  सबैभन्दा ठूलो रेकर्ड भएको उनीहरुको भनाइ छ।

यसमा प्रशान्त महासागरको एउटा ठूलो सतही भाग अधिक तातो भएकाले नै यस किसिमका घटना भइरहेको अनुसन्धानकर्ताहरुले चेतावनी दिएका हुन, जसलाई ‘ब्लब’ नाम दिइएको छ। सामान्य अर्थमा ब्लबको परिभाषा समुद्रको सतहबाट १६०० किलोमिटर सम्मको भूभाग ३ देखि ६ डिग्री बढीले तातिनु हो।

समद्र तात्ने प्रक्रिया पहिले २०१३ मा सुरु भएको हो जुन २०१५ को गर्मीयाममा चरम बिन्दुमा पुगेको थियो भने २०१६ सम्म जारी रहेको हो। त्यही उच्च तापमानले ‘ब्लब’ सिर्जना गरेको बताइएको छ जुन तापमान हावाहुरीले पनि कम गर्न सक्दैन। समुद्री तापमानमा त्यही थोरै परिवर्तनले नै त्यहाँको जैविक वातावरणमा प्रत्यक्ष असर पारेको बताइएको छ।

किनकी यसबीच ह्वेल, स्रिप्प लगायत समुद्री जीवहरुले खाने एक किसिमको ‘माइक्रोस्कोपिक एल्गे’ ९समुद्री घाँस० को उत्पादनमा ठूलो गिरावट आएको थियो। अर्कोतर्फ पश्चिमी किनारमा त्यही तातोका कारण हानिकारक एल्गेमा भने वृद्धि भएको हो जसले थुप्रै जीवजन्तु मारेपछि माछा उत्पादकहरुले लाखौँ डलरको आम्दानी गुमाउनु परेको थियो।

त्यस्तै ठूलो स्तरको सामुहिक मृत्युको सामना गर्ने अन्य जीवहरुमा ‘सि लायन्स’ नामक जनावर, टफ्ट पफिन्स ९एक प्रजातिको चरा०, बेलिन ह्वेल रहेका छन। यता म्युरस प्रजातिका चरा यसबाट सबैभन्दा नराम्ररी प्रभावित भएको बताइएको छ जुन ६२ हजारको सङ्ख्यामा समुद्र किनारमा मृत फेला परेको थियो।

वैज्ञानिकहरुले मृत चराको सङ्ख्या १० लाख नजिक पुगेको हुन सक्ने अनुमान गरेका छन। यसमा थोरै स्तरमा मात्र समुद्री किनारसम्म आइपुगेको र अधिकांश अवशेष अन्तै बगेको हुन सक्ने युनिभर्सिटी अफ वासिङटनका अनुसन्धानकर्ताहरुले बुधबार सार्वजानिक जर्नल प्लोस वानमा उल्लेख गरेका छन्।

सबै शहरहरुमध्ये सबैभन्दा धेरै मृत चरा अलस्कामा फेला परेका थिए जहाँ प्रत्येक एक किलोमिटरमा ४,६०० मृत चराका शेश भेटिएको अध्ययनमा उल्लेख गरिएको छ। यसरी ब्लबका कारण म्युरस प्रजातिका समुद्री चरामा ससाना माछाको आहारलाई लिएर अधिक प्रतिस्पर्धा भएकै कारण तिनीहरु खान नपाएर मरेको बताइएको छ।

समुद्रको पानी तात्नुले केही प्रजातिका माछाहरुको पाचन प्रणालीमा ठूलो बदलाव ल्याएको थियो जसपछि ती जीवहरुले ससाना माछाहरु धेरै खान थालेका हुन। म्युर्स चरा पनि तिनै माछामा निर्भर रहने हुँदा यस्तो भएको बताइएको छ। यसैले पनि म्युरसको जनसङ्ख्या नराम्ररी प्रभावित भएको हो। यसबारेमा प्रमुख अध्ययनकर्ता, जोन प्लाटले भनेका छन, “यति ठूलो स्तरको क्षति धान्न सम्भव छैन।

यो आश्चर्यजनक र चिन्ताजनक विषय हो भने समुद्रको पानी थोरै डिग्रीले तातेमा पनि त्यहाँको जैविक वातावरणमा यतिसम्मको असर पर्छ भन्ने चेतावनी पनि हो।” यसरी अहिलेको अवस्थामा जलवायु परिवर्तन जारी रहने हो भने मासिएका समुद्री जीवजन्तुको जनसङ्ख्या पहिलेको अवस्थामा फर्कन सम्भव नहुने अनुसन्धानकर्ताहरुले बताएका हुन्।

त्यसैगरी वैज्ञानिकहरुले न्युजिल्यान्डमा पनि अर्को ‘ब्लब’ बनिरहेको फेला पारेका छन जुन अन्तरिक्षबाट पनि पत्ता लाग्न सक्ने किसिमले ठूलो स्तरमा रहेको बताइएको छ। १० लाख वर्ग किलोमिटरको  सो ब्लबको भूभाग अमेरिकी शहर टेक्सस जत्रो आकारमा रहेको छ। वैज्ञानिकहरुले विश्वव्यापी मौसम परिवर्तनको परिणामले नै यस किसिमका घटना समान्य बनिरहेको भनि चिन्ता व्यक्त गरेका हुन। एजेन्सी

कमेन्ट लोड गर्नुस