सुदूर नेपाललाई विश्वसँग जोड्दै

कलेज बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

२०७६ पुष २९, ०८:१८ खबर संवाददाता

कलेजको बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जना युवाको मृत्यु भएको छ। जनकपुरस्थित मोडेल मल्टिपल कलेजको बसले मंगलबार धनुषाको लक्ष्मीनियामा ढल्केबरबाट जनकपुरतर्फ गइरहेको ज१क २८२ नम्बरको सो बसले विपरीत तर्फबाट आइरहेको ज१०प ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ युवाको मृत्यु भएको हो।

मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका वडा वडा ७ पर्सा पकडिया बस्ने २५ वर्षीय सन्तोश ठाकुर र क्षीरेश्वरनाथ नगरपालिकाका २५ वर्षीय अनवर राई रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस