सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक दुर्घटनामा परि १० जना बेपत्ता, १५ जना घाइते

२०७६ पुष २९, ०२:५०

चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने क्विन्घाई प्रान्तमा भएको घटनामा परी कम्तीमा दशजना बेपत्ता भएका छन्। स्थानीय अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार सोमबार भएको सडक दुर्घटनामा परी अरु १५ जना घाइते पनि भएका छन्। 

स्थानीय समयानुसार बेलुका ५.३० बजे नान्डाजी सडकमा दुर्घटना भएको हो। एउटा सार्वजनिक बस सडकबाट तल खसेर दुर्घटना भएको अधिकारीहरुले जनाएका छन्। अहिले दुर्घटना भएको नान्डाजी भन्ने ठाउँमा अत्यधिक धेरै सवारी साधनको चाँप हुने गरेको छ।

दुर्घटनामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। यसअघि स्थानीय अधिकारीहरुले दुई जना मात्र बेपत्ता भएका र १३ जना घाइते भएका बताएका थिए। घाइते भएकाहरुलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ भने कसैको पनि अवस्था चिन्ताजनक नरहेको जनाइएको छ।रासस
 

कमेन्ट लोड गर्नुस