सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाल्डोमा बस खस्दा ६ जनाको मृत्यु, १६ जना घाइते

२०७६ पुष २९, ०२:३४ खबर संवाददाता

खाल्डोमा बस खस्दा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। 

चीनको चिङ्घाई प्रान्तमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। सोमबार बिहान चिङ्घाईको सिनिङ अस्पतालबाहिर सडकका रहेको ठूलो खाल्डोमा परेर बस दुर्घटना भएको हो। 

सडकको बीच भागमा रहेको खाल्डोमा खसेपछि बसमा आगो लागेको थियो। बसको अगाडिको भाग खाल्डोमा पसेको थियो भने पछाडिको भाग आकाशतिर ठडिएको थियो। चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार सडकमा रहेको खाल्डोको व्यास १० मिटर रहेको थियो। बसमा कति यात्रु थिए भन्नेबारे केही खुलेको छैन।

पछिल्लो समय चीनका केही प्रान्तका सडकका ज्यानमारा खाल्डाहरु भएको समाचार आइरहेको छ। सन् २०१८ मा दाझौ शहरमा खाल्डोमा बस पर्दा ४ जनाको मृत्यु भएको थियो। त्यस्तै सन् २०१३ मा सेन्जेनमा पनि खाल्डोमा बस खस्दा ५ जनाको मृत्य भएको थियो।
 

कमेन्ट लोड गर्नुस