सुदूर नेपाललाई विश्वसँग जोड्दै

चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिँदा बालकको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७६ मंसिर २५, ०५:३१ खबर संवाददाता

हात्तीले कुल्चिँदा एक बालकको मृत्यु भएको छ। सिरहाको मिर्चैया नगरपालिका–९ मा बालकको मृत्यु भएको हो।

चुरे जङ्गलबाट आएको हात्तीले कुल्चिएर स्थानीय श्रवण महतोका आठ वर्षीय छोरा रवीन्द्र महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। घरमै सुतेको अवस्थामा जङ्गली हात्तीले आक्रमण गर्दा बालक महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस