सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुक, भाइबर, इमोबाट झण्डै १८ करोडको ठगी गर्ने गिरोह पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७६ मंसिर २५, ०४:०३ खबर संवाददाता

प्रहरीले भाइबर, इमो लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। भाइबर, इमो, ह्वाट्सएप, फेसबुकका माध्यमबाट चिठ्ठा परेको, पार्सल आएको छ भन्दै ठगी गर्ने गिरोहलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखाका वर्ष ५२ का रमेश खड्का, नवलपरासीका वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र सोही ठाउँका संदिप कलवार रहेका छन्। पक्राउ परेका उनीहरुको सम्बन्ध नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिससँग रहेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जाल मार्फत ठगीधन्दा चलाउँदै आएका उनीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाहरु समेत ह्याक गरेको अनुसन्धानबाट खुलेको महानगरिय अपराध महाशाखा एसएसपी सहकुल थापाले बताए।
उनीहरुले नेपालका विभिन्न १७ वटा बैंकहरुबाट अहिलेसम्म १७ करोड ६७ लाख ९१ हजार रुपैयाँको कारोबार गरेको खुलेको एसएसपी थापाले बताए।

कमेन्ट लोड गर्नुस