सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘ए कान्छा मलाई सुनको तारा’ गितका चर्चित गायक गुरुङको निधन

। फोटो स्रोत ।
२०७६ मंसिर २५, ०२:३६ खबर संवाददाता

‘ए कान्छा मलाई सुनको तारा झारिदेउन’ गितका चर्चीत गायक रुद्रमणि गुरुङको निधन भएको छ। ८४ वर्षका गुरुङको सोमबार सिलिगुडीस्थित नर्थ बंगाल नसिङ्ग होममा उपचारको क्रममा निधन भएको हो। लामो समय दार्जीलिङ्गमा चिया खेतीमा सक्रिय रहेका गुरुङले अरुणा लामासँग गाएको गीत ‘एक कान्छा मलाई सुनको तारा खसाइ देउ न’ अति लोकप्रिय छ। अम्बर गुरुङको रचना तथा संगीतमा रहेको सोही गीत गाएर उनी नेपाली संगीताकाशमा अजर–अमर बनेका हुन्।

लामो समय देखि रोगबाट ग्रसित भएका गायक रुद्रमणिको उपचारको क्रममा सोमबार निधन भएको हो। दर्जनौ गीत गाएर आफुलाई संसार भर चिनाएका गायक गुरुङलाई बुधबार दार्जीलिङ्गमा अन्त्यष्टि गरिने बताइएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि संगीतकार गुरुङलाई सात दिनअघि अस्पताल भर्ना गरिएको थियो।

उनकाे  गित हेर्न तलकाे  लिङ्कमा क्लिक गर्नुहोस् :- 

‘ए कान्छा मलाई सुनको तारा झारिदेउन’
 

कमेन्ट लोड गर्नुस