सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैदीलाई फाँसी दिनुअघि कानमा के भन्छन् जल्लाद ?

२०७६ मंसिर २४, ०५:४६

फाँसी दिनेबेला केही नियमको पालना गर्न अत्यावश्यक हुन्छ। यो बिना फाँसीको प्रक्रिया अधुरो मानिन्छ । नियम पालन नगरिकन कसैलाई पनि फाँसी दिन पाइँदैन। डेथ वारेन्ट जारी भएपछि कैदीलाई यसबारे जानकारी दिइन्छ।
जेल प्रशासनलाई पनि डेथ वारेन्टको जानकारी दिइन्छ। यदि कैदी बसेको जेलमा फाँसीको व्यवस्था छैन भने उसलाई डेथ वारेन्ट आएपछि नयाँ जेलमा सारिन्छ।

कैदीको परिवारलाई फाँसी दिनुभन्दा १०–१५ दिन अघि यसबारे सूचना दिइन्छ। जेलमा कैदीको पूरा परीक्षण हुन्छ। उनलाई अरु कैदीभन्दा भिन्न सेलमा राखिन्छ। फाँसी दिइने दिन बिहानै सुपरिटेन्डेन्टको निगरानीमा सुरक्षाकर्मीले कैदीलाई फाँसी कक्षमा लैजान्छन्। फाँसी दिने बेला जल्लादबाहेक अन्य तीन अधिकारी उपस्थित हुन्छन् जसमा जेल सुप्रिटेन्डेन्ट, मेडिकल अफिसर र मजिस्ट्रेट समावेश हुन्छन्। सुप्रिटेन्डेन्टले फाँसी दिनु अघि मजिस्ट्रेटलाई आफूले कैदीको पहिचान गरिसकेको र उनलाई डेथ वारेन्ट पढेर सुनाइसकेको भनेर जानकारी दिन्छन्। डेथ वारेन्टमा कैदीको हस्ताक्षर पनि हुन्छ।

साथै, फाँसी दिनुअघि कैदीलाई नुहाइन्छ र नयाँ कपडा लगाउन लगाइन्छ। त्यसपछि उनलाई फाँसी दिने ठाउँसम्म ल्याइन्छ। स्मरण रहोस, फाँसी दिनुअघि व्यक्तिको अन्तिम इच्छा सोधिन्छ जसमा परिवारलाई भेट्ने, मिठो खाना खानेलगायत इच्छा समावेश हुन्छन्।

जुन अपराधीलाई फाँसी दिइन्छ उसँग अन्तिम समयमा जल्लाद मात्रै हुन्छन्। फाँसी दिनुअघि जल्लादले अपराधीको कानमा केही बोल्छन्। अन्तिम समयमा जल्लादले अपराधीको कानमा यसो भन्छन, ‘हिन्दुहरुलाई राम राम र मुस्लिमलाई सलाम। म आफ्नो कर्तव्यको अगाडि बाध्य छु। तपाईं सत्मार्गमा हिँड्नुहोस, म यही कामना गर्छु।’  -ऐजेन्सी

कमेन्ट लोड गर्नुस