सुदूर नेपाललाई विश्वसँग जोड्दै

७२ वर्षीया वृद्धाको तीन वर्षदेखि शौचालयमा बास

२०७६ मंसिर २४, ०५:२१

एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन्। भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको शौचालयमा खाना पकाउने र सुत्ने गरेको जनाइएको छ। 

उनका नाति र छोरीलगायतका सम्पूर्ण परिवार सोही शौचालयको बाहिर खुल्ला आकाशमुनि नै बसोबास गर्ने गर्ने गरेका छन्। आख्तियारवाला व्यक्तिले उनलाई बासस्थान उपलब्ध गराउने आश्वासन दिएका थिए।

 अझै पनि घरको प्रतीक्षामा रहेको द्रौपदी बताउँछिन्। ‘मसँग घर बनाइदिने अधिकार छैन। सरकारले थप घर निर्माण गर्ने योजना ल्याएमा म उनलाई एउटा घर दिनेछु,’ गाउँका प्रमुख बुधुराम पुटीले एएनआईलाई बताए। मानवअधिकारवादी अधिवक्ता सत्य मोहन्तीले यस मुद्दामा क्षोभ व्यक्त गर्दै केन्द्रीय र ओडिशा सरकारलाई यस विषयलाई ध्यानपूर्वक विचार गर्न आग्रह गरे। –ऐजेन्सी
 

कमेन्ट लोड गर्नुस