सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेष्ट हाउसमा ३ जना नेपाली बालिकालाई बलात्कार गर्ने अमेरिकी नागरिक पक्राउ

२०७६ मंसिर २३, ०४:०५ खबर संवाददाता

एक अमेरिकी नागरिकलाई ३ जना नेपाली बालिकालाई बलात्कार गरेको अभियोगमा गरिएको छ। ४० वर्षका जासन लोर्ड मुडिले ती बालिकालाई पैसा दिने र मिठो खानेकुरा दिने भन्दै बलात्कार गरेका थिए।

उनलाई आइतबार एयरपोर्ट स्थित मेमोरियल गेष्ट हाउस, कोठा नं १०४ बाट नेपाल प्रहरीको सिआइबीको टोलीले पक्राउ गरेको हो। प्रहरीले गेष्ट हाउसमा छापा मारेर ३ जना बालिकाको उद्धार गरेको छ।
 

कमेन्ट लोड गर्नुस