सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा चार महिनामा भ्रष्टाचार सम्बन्धीका चार सय उजुरी

२०७६ मंसिर २३, ०३:३८ खबर संवाददाता

सुदूरपश्चिममा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धीका चार सय बढि उजुरी परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका अनुसार आर्थिक वर्षको साउनदेखि कात्र्तिक मसान्त सम्म भ्रष्टाचार सम्बन्धीका चार सय दुई उजुरी परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगका प्रवक्ता टोपबहादुर विष्टले चालु वर्षको पहिलो चौमासिकमा परेका चार सय दुई उजुरी मध्ये दुई सय ४७ फच्यौँट भएको जानकारी दिए। विष्टका अनुसार सबैभन्दा बढि कैलालीबाट एक सय १९ र कञ्चनपुरबाट ८४ उजुरी दर्ता भएका छन्।

यस्तै दार्चुलाबाट ३४, बैतडीबाट ४७, डडेल्धुराबाट २४, डोटीबाट ३४, अछामबाट १९, बझाङबाट १७ र बाजुराबाट २१ उजुरी परेका छन्। जिल्ला नखुलेका तीन वटा उजुरी रहेका छन्। प्रवक्ता विष्टले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्र छ जनालाई घुस सहित रंगेहात पक्राउ गरिएको बताए।

उनले अख्तियारमा सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत उजुरीको चाप बढी रहेको जानकारी दिदै पछिल्लो समय भ्रष्टाचार नियन्त्रणमा सक्रियता बढाईएको दावी गरे। 
 
 

कमेन्ट लोड गर्नुस