सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनियन्त्रित भई अटो पल्टिँदा ५ जनाको मृत्यु

२०७६ मंसिर २१, ०८:१२ खबर संवाददाता

अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।  चितवनको राप्ती नगरपालिका ४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना१ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको ईलका प्रहरी कार्यालय भण्डाराले जनाएको छ। 

घटनामा परी पर्बतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारीसहित ५ जनाको मृत्यु भएको छ। अन्य मृतकको सनाखत हुन बाँकि रहेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस