सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलले ओभरटेक गरेको निहुँमा कुटेर युवकको हत्या

२०७६ मंसिर १२, ०६:१९ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको महाकाली नगरपालिका–३ दोधाराचाँदनीका २२ वर्षीय युवक दीपक पन्तको कुटेर हत्या गरिएको छ। सामुहिक कटुपिट गरेर उनको बिहीबार हत्या भएको हो।

मृतक पन्तलाई महेन्द्रनगर–मझागाँउ सडक खण्डको भीमदत्त नगरपालिका–१८ गोबरैयामा केही युवकले ओभरटेक गरेको निहुँमा रोकेर कुटपिट गरेका थिए। उनलाई मोटरसाइकलमा बुबा विशन पन्तसँग महेन्द्रनगर जाँदै गरेको अवस्थामा ओभरटेक गरेको आरोपमा केही युवाले कुटेको प्रहरीले जनाएको छ। 

स्कुटर र मोटरसाइकलमा सवार ५/६ जनाको समुहले ओभरटेक किन गरेको भन्दै छोरालाई निर्घात कुटपिट गरेको विशनले बताए। कुटपिटबाट घाइते दीपकलाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि भारत लगिएको थियो। अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको र शंस्कापद तीन जना तथा एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको कञ्चनपुरका प्रहरी उपरिक्षक दिनेश आचार्यले बताए।

कमेन्ट लोड गर्नुस