सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाउँपालिकाको गाडी दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृत घाइते

२०७६ मंसिर ६, ०८:३४

दोलखाको कालिञ्चोक गाउँपालिकाको स्कारपियो गाडी कालिञ्चोक गाउँपालिका–८ सोतीमा दुर्घटना हुँदा प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना घाइते भएका छन्। दुर्घटनामा परी प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीसहित कानूनी सल्लाहकार राजेन्द्रनारायण श्रेष्ठ, कर्मचारी राम ओली, सरिता वली र खड्ग थामी घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

कालिञ्चोक गाउँपालिकाको वा२झ ४३५९ नंको स्कारपियो गाडी सिँगटीबाट चरिकोट आउने क्रममा सुनखानीमा आज दिउँसो दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएका श्रेष्ठ, थामी र वलीको चरिकोटस्थित प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको छ। अन्य दुई जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको गाडी प्रमुख प्रशासकीय अधिकृत आफैँले चलाएका थिए। -रासस
 

कमेन्ट लोड गर्नुस