सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानी प्रधानमन्त्री खान र ट्रम्पबिच टेलिफोन वार्ता

२०७६ मंसिर ६, ०७:४७

पाकिस्तानी प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच बिहीबार टेलिफोन वार्ता भएको थियो। जहाँ उनीहरुले द्धिपक्षीय तथा क्षेत्रीय मुद्दामा छलफल गरेका थिए। प्रधानमन्त्री इमरानले ट्रम्पसँगको वार्तामा अफगानिस्तानमा दुई बन्दीलाई तालिबानीले रिहा गरेकोमा खुसी व्यक्त गरेका थिए।

उक्त रिहाइलाई ‘सकारात्मक विकास’ भन्दै रिहा हुनेहरु पनि सुरक्षित र स्वतन्त्र रहेको प्रतिक्रिया खानले दिए। ट्रम्पले उक्त सकारात्मक उपलब्धिमा पाकिस्तानले प्रयास गरेकोमा इमरानलाई धन्यवाद दिएका छन्।पाकिस्तानी सरकारले यसबारे विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ। अफगानिस्तानमा स्थायी शान्तिका लागि शान्ति वार्तामा पहल गर्न पाकिस्तान प्रतिवद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

तालिबानी विद्रोहीले अमेरिकी नागरिक केभिन किङ र अष्ट्रेलीयन टिमोथी विक्सलाई मंगलबार रिहा गरेको थियो। अफगान सरकारले तीन तालिबानी नेतालाई रिहा गरेको सट्टा ‘एक्सचेन्ज’ सम्झौताका आधारमा तालिबानीले उनीहरुलाई रिहा गरेको हो।
प्रधानमन्त्री इमरानले वार्ताको क्रममा ट्रम्पसँग कश्मिरको विद्यमान अवस्थाबारे जानकारी गराएका थिए। साथै मध्यस्तता भुमिका गर्नेबारे ट्रम्पको प्रतिवद्धताको पनि खानले प्रसंसा गरेका थिए। ‘ट्रम्पले जम्मु–कश्मीरमा शान्तिपूर्ण सहमतिका लागि पहल निरन्तर राख्नुपर्नेमा प्रधानमन्त्री इमरान खानले जोड दिए,’ विज्ञप्तिमा दिइएको छ। –एजेन्सी

 

कमेन्ट लोड गर्नुस