सुदूर नेपाललाई विश्वसँग जोड्दै

दादुराको महामारी, ५ हजार व्यक्तिको मृत्यु

। फोटो स्रोत ।
२०७६ मंसिर ६, ०३:१८ खबर संवाददाता

कङ्गोका सबै प्रान्तमा दादुराको महामारी फैलिएको बताइएको छ। सो महामारीपछि सन् २०१९ मा करिब ५ हजार व्यक्तिको मृत्यु भएको छ।  यसै अवधिमा करिब २ लाख ५० हजार व्यक्ति यसै रोगबाट सङ्क्रमित रहेका पनि सो समाचारमा जनाइएको छ। कङ्गोमा दादुरा निकै नै द्रूत गतिमा फैलिइरहेको र यो सबैभन्दा छिटो फैलिने महामारी भएको पनि विश्व स्वास्थ्य सङगठन (डब्ल्यूएचओ) ले जानकारी दिएको छ। 
कङ्गोमा इबोलाका कारण विगत १५ महिनामा ज्यान गुमाउने भन्दा दुई गुणा बढी व्यक्ति दादुराको कारण ज्यान गुमाउन पुगेका पनि सो समाचारमा उल्लेख गरिएको छ। 

 कङ्गोमा इबोला भाइरसको प्रकोपबाट गएको वर्ष्दिनमा कम्तीमा पनि दुइ हजार जनाको ज्यान गएको  थियो। कङ्गोका स्वास्थ्य अधिकारीले गतवर्षको अगष्टबाट उक्त संक्रमणबाट कम्तीमा पनि दुई हजार कङ्गोलीको ज्यान गएको समाचार दिएका छन्।  कङ्गो सरकार र डब्ल्यूएचओले गत सेप्टेम्बर महिनामा आठ लाख बालबालिकालाई खोप दिने उद्देश्यसहित आपतकालीन कार्यक्रम सञ्चालन गरेका थिए।

तर कमजोर पूर्वाधार, स्वास्थ्य केन्द्रमाथि गरिने आक्रमण र नियमित स्वास्थ्य सेवामा पहूँचको अभावका कारण दादुराको सङ्क्रमण रोक्ने प्रयासमा असर परेको बताइएको छ। हालसम्म ४० लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ। तर विज्ञहरूका अनुसार खोप लगाइएको बालबालिका उक्त सङ्ख्या आधाभन्दा पनि कम हो। रासस
 

कमेन्ट लोड गर्नुस