सुदूर नेपाललाई विश्वसँग जोड्दै

२६ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

। फोटो स्रोत ।
२०७६ मंसिर ५, ०३:०२ खबर संवाददाता

२६ वर्षीया महिलाले तिम्ल्याहा बच्चा जन्माएक छिन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीया अनिषा जयसवालले बिहीबार एकै पटक दुई छोरी र एक छोरा जन्माएकी हुन्। प्रसुति व्यथा लागेपछि उनलाई जनकपुरधामस्थित धनुषा अस्पतालमा भर्ना गरिएको थियो। 

शल्यक्रिया मार्फत प्रसुति गराउँदा तिम्ल्याहा बच्चाको जन्म भएको बताइएको छ। जन्मेका बच्चाहरुको तौल २ किलो, एक किलो ७ सय र एक किलो ५ सय ग्राम रहेको अनिषाको शल्यक्रिया गर्ने चिकित्सक बृजमोहन रजकले बताए। एक किलो ५ सय ग्राम तौल भएको शिशुलाई एनआइसियुमा राखिएको छ।
 

कमेन्ट लोड गर्नुस