सुदूर नेपाललाई विश्वसँग जोड्दै

काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीप्रति कृतज्ञ छु : गोकर्ण विष्ट

। फोटो स्रोत ।
२०७६ मंसिर ५, ०२:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट हटाइएका गोकर्ण विष्टले आफूले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाको पक्षामा इमान्दारीपूर्वक काम गरेको बताएका छन्।
बिहीबार नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिँदै उनले पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार यषुवाको पक्षमा इमान्दारीपूर्वक काम गरेको पनि बताए।
उनले भने, ‘अहिले मन्त्रीबाट बाहिरिएको छु। थप उर्जा र प्रेरणाका साथ। मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु। सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद!’ नवनियुक्त श्रम यादवलाई स्वागत गर्न विष्ट निजी गाडी चढेर आएका थिए।
 

कमेन्ट लोड गर्नुस