सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्यामिर खाने क्रममा केस्रा घाँटीमा अड्किएर एक जनाको मृत्यु

२०७६ मंसिर ५, ०१:४८ खबर संवाददाता

ज्यामिर खाने क्रममा केस्रा (चानो) घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ। मोरङको कानेपोखरी गाउँपालिका–५ जहदामा ६५ वर्षीय राजकुमार राईको ज्यामिरको केस्रा घाँटीमा अड्किएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार छिमेकी रत्नबहादुर लिम्बूको घरमा ज्यामिर खाने क्रममा त्यसको केस्रा अचानक घाँटीमा अड्किएको थियो। त्यहाँ रहेकाहरुले घाँटीबाट केस्राबाहिर निकाल्ने प्रयास गरे पनि सम्भव नभएको र अड्किएको केही समयमै श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको हो। राईको शव पोस्टमार्टमका लागि उर्लाबारीस्थित मंगलबारे अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस