सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ मंसिर ५, ०१:२३ खबर संवाददाता

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बर्दियाको गुलरिया नगरपालिका–३ पुरानो सरजु नदी हुलाकी सडकमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय राजेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। खैरापुरदेखि गुलरियातर्फ गइरहेको भे ४ प ७२१७ नम्रको मोटरसाइकल नालामा पल्टिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए। रासस

कमेन्ट लोड गर्नुस