सुदूर नेपाललाई विश्वसँग जोड्दै

एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ मंसिर ५, ०५:३९ खबर संवाददाता

एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घइते भएका छन्। बुधबार साँझ गुल्मीको अर्जैमा एम्बुलेन्स दुर्घटनामा परी घाइते हुनेमा दुबै जना स्कुल विद्यार्थी रहेको जनाइएको छ। स्कुलबाट घर जाने क्रममा दुर्घटनामा परेर १६ वर्षीय जगत परियार र १६ वर्षीय केशब अर्याल घाइते भएको प्रहरीले जनाएको छ।

मालिका गाउँपालिकाको वडा नम्बर ६ को अर्जै स्वस्थ्य चौकीबाट छापतर्फ जाँदै गरेको लु १ झ ३३४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको  उनले बताए। घाइते दुबै जनालाई उपचारको लागि गुल्मी अस्पताल लगिएको र र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  एम्बुलेन्स चालक सम्पर्क बिहीन रहेको गूल्मी प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस