सुदूर नेपाललाई विश्वसँग जोड्दै

निर्माणमैत्री ऐन बनाउन माग गर्दै व्यवसायीद्धारा काठमाडौँमा प्रदर्शन

। फोटो स्रोत ।
२०७६ मंसिर ४, ०३:१३ खबर संवाददाता

निर्माणमैत्री ऐन तथा नियमावलीको माग गर्दै निर्माण व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्। सार्वजनिक खरिद आठौं संशोधन नियमावली २०७६ मा भएको व्यवस्था संशोधन गर्न माग गर्दै उनीहरुले बुधबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्। उनीहरुले म्याद थप र बैंक क्रेडिट लाइनलगायत सार्वजनिक खरिद ऐनका केही बुँदाहरु संशोधन गर्नुपर्ने माग गरेका छन्। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद आठौं संशोधनअनुसार निर्माण कम्पनीको म्याद थप नहुँदा मुलुकभर निर्माण क्षेत्र र त्यससँग सम्बन्धित व्यवसाय धरापमा परेको बताए।

उनले ठेक्का र आयोजना निर्माणको सवालमा व्यवसायीलाई मात्रै दोषी करार गर्ने गरी समाचार सम्प्रेषण हुने गरेको भन्दै आक्रोशसमेत पोखे। सार्वजनिक खरिद ऐनअनुसार सम्झौता गरेर ठेक्का लिएकाले सोही सम्झौताअनुसार कानुनी कारबाही भोग्न आफूहरु तयार रहेको पनि उनीहरुले बताए। व्यवसायीहरु माइतीघर मण्डलादेखि थापाथली त्रिपुरेश्वर हुँदै युनाइटेड वर्ल्ड ट्रेड सेन्टर पुगेर भेलामा सहभागी भएका थिए।बुधबार र बिहीबार राजधानीमा चल्ने राष्ट्रिय भेलाले आन्दोलनका थप कार्यक्रम तय गर्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले बताए।
 

कमेन्ट लोड गर्नुस