सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री

२०७६ मंसिर ४, ११:०२ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा जुटेका छन्।

अहिले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्षसमेत रहेका  ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा मन्त्रिपरिषद्मा हट्ने मन्त्रीहरू तथा नयाँ बन्ने मन्त्रीहरूबारे छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

 छलफल सकेर ओली र प्रचण्ड दुवै राष्ट्रपतिसँगको परामर्शका लागि शितलनिवास जाने कार्यक्रम रहेको स्रोतले बतायो। यस्तै नेकपाले मन्त्रिपरिषद्कै बारेमा छलफल गर्न मध्यान्ह १२ बजे सचिवालय बैठक बोलाएको छ ।
 

कमेन्ट लोड गर्नुस