सुदूर नेपाललाई विश्वसँग जोड्दै

१७ वर्षीया किसोरी चार दिनदेखि बेपत्ता

२०७६ मंसिर ४, १०:२८ खबर संवाददाता

गुल्मीको ईस्मा गाउँपालिकाकी १७ वर्षीया किसोरी ४ दिनदेखी बेपत्ता भएकी छन्। ईस्मा गाउँपालिका–५, जामुनडाँडा कि पूजा अर्याल मंसिर १ गते बिहान तम्घासमा ज्याकेट किन्न जान्छु भन्दै घरबाट हिँडेकी थिइन्।

उनी बुटवल जाने बस चढेर तम्घाससम्म पुगेको एक प्रत्यक्ष दर्षिले बताए। पूजासँगै ईस्माबाट बसमा आएका उनका छिमेकी ती पुरुषले  तम्घासको उदिनढुंगामा रहेको सिर्जना होटलमा ओर्लन र खाना खाएर जान भनेका थिए । तर पुजाले ‘म पर ओर्लिन्छु’ भन्दै त्यहाँ ओर्लिन नमानेको उनको भनाइ छ। त्यसपछि पूजालाई तम्घासमा देख्ने कोही भेटिएका छैनन्। 

दोहलीस्थित रामराजा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्यनरत पूजा कविता र गीत–गजल लेखनमा बढी रुची राख्थिन्। उनका परिवारले ईस्मा प्रहरी चौकीमा खोज तलासका लागि जाहेरी दिएको बताइएको छ।

पूजाकी आमा माया अर्याल बिरामी भएकोले छोरी बेपत्ता भएपछि स्वास्थ्यमा थप समस्या परेको बाबु नारायणप्रसाद बताउँछन्। उनी सोही बसमा बुटवलतर्फ गएको हुन सक्ने आशंका गरिएको छ।
 

कमेन्ट लोड गर्नुस