सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीले भने– भोलि मन्त्रीहरूको हेरफेर हुन्छ

२०७६ मंसिर ३, १०:०५

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरूको हेरफेर हुने जानकारी गराएका छन्। मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जानकारी दिएका हुन्।

तर प्रधानमन्त्री ओलीले को–को नयाँ मन्त्री थपिने र को– को हट्दैछन भन्नेबारेमा भने भोलि नै थाहा हुने र कुनै औपचारिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस