सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका डिआईजीले भने, एसएसपीले मदिरा सेवन गरी कुटपिट गरेको देखिए कारवाही गछौँ

२०७६ मंसिर १, ०७:१५ खबर संवाददाता

संघिय प्रहरी ईकाइ कार्यालय धनगढीका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) देवबहादुर बोगटीले मदिरा सेवन गरी स्थानीयलाई कुटपिट गरेको आरोप लागेपछि प्रदेश प्रहरीले मुख खोलेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक(डिआईजी) तारणी प्रसाद लम्सालले घटनाको आन्तरिक रुपमा छानविन गरिने दिनेश खबरलाई बताए। उनले एसएसपी बोगटी आन्तरिक अनुसन्धानका क्रममा दोषी देखिएमा कानून अनुसार कारवाही गरिने जानकारी दिए।

एसएसपी बोगटीमाथि शनिबार राती कृष्णपुर नगरपालिकाको वाणीमा रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किएर स्थानीय २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु प्रकरणमा मृतकका आफन्तलाई कुटपिट गरेको आरोप लागेको छ।

प्रहरी वरिष्ठ उपरिक्षक बोगटीले घटना स्थलमा उपस्थित मृतकका आफन्तहरुमाथि कुटपिट गरेको आरोप लगाउँदै उनीहरुले ईलाका प्रहरी कार्यालय झलारीमा आज कारवाहीको माग गर्दै प्रर्दशन गरी राजमार्ग अवरुद्ध समेत गरेका थिए।

मृतकका काका नाता पर्ने रामबहादुर रानाले घटना स्थल पुगेका रामचन्द्र राना, भक्त राना र उमेश रानामाथि एसएसपी बोगटीले कुटपिट गरेको आरोप लगाएका छन्। उनले मदिरामा लठ्ठ भएका बोगटीले ट्रक धनीलाई जोगाउन पीडितमाथि कुटपिट गरेको आरोप लगाएका छन्।

रानाले बोगटी एक्लैले कुटपिट गर्न थालेपछि आफूहरुले प्रतिकार गरी उहाँले प्रयोग गर्ने मोवाईल बरामद गरी ईलाका प्रहरी कार्यालय झलारीमा बुझाईएको पनि बताए।

एसएसपीको मोवाईल बुझेको पुष्टि ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरिक्षक नैनसिंह कार्कीले गरेका छन्। तर विवादमा तानिएका एसएसपी देवबहादुर बोगटीले आफूमाथि लागेको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन्।

दिनेश खबरसंगको कुराकानीमा बोगटीले शनिबार महेन्द्रनगरमा भएको सप्तरंग कार्यक्रमबाट फर्किने क्रममा कृष्णपुरमा दुर्घटना भएको देखेपछि आफूले गाडी रोकेको उल्लेख गरेका छन्।

उनले स्थानीय बिच विवाद भईरहेकाले साम्य पार्न गाडी रोकेर सम्झाई बुझाई गरेको दावी गरे। तर मोवाईल आफ्नो गाडीमाथि तोडफोड हुन्छ की भनी हतारमा चढ्न खोज्दा मोवाईल खसेको दावी बोगटीको थियो।

सम्बन्धीत समाचार 
संघिय प्रहरी कार्यालय धनगढीका एसएसपीले मदिरा सेवन गरी कुटपिट गरेको आरोप

कञ्चनपुर दुर्घटना : कुटपिट गर्ने एसएसपीमाथि कारवाहीको माग गर्दै प्रर्दशन

कञ्चनपुर दुर्घटना : पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कञ्चनपुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु

कमेन्ट लोड गर्नुस