सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर दुर्घटना : मृतकका परिवारलाई क्षतीपूर्ती दिने सहमतीपछि राजमार्ग सुचारु

२०७६ मंसिर १, ०२:४३ खबर संवाददाता

कञ्चनपुरमा शनिबार मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई किरिया खर्च सहित क्षतीपूर्ती दिने सहमती पछि अवरुद्ध राजमार्ग सुचारु भएको छ। मृतकका परिवारलाई क्षतीपूर्ती र कुटपिट गर्ने एसएसपीमाथि कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका स्थानीयले सहमतीपछि राजमार्ग सुचारु गर्न दिएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरिक्षक नैनसिह साउँदले तत्काल किरिया खर्च दिने सहमतीपछि राजमार्ग सुचारु भएपनि वार्ता जारी रहेको जानकारी दिए। उनका अनुसार ट्रक धनीको उपस्थितीमा मृतकका आफन्तसंग वार्ता जारी राखिएको छ।

राजमार्गको अवरोध हटेपछि रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ। यसअघि शनिबार राती कृष्णपुरको वाणीमा ट्रकमा मोटरसाईकल ठोक्किदा स्थानीय २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको थियो। राती नै घटना स्थलमा पुगेका संघिय प्रहरी ईकाइ कार्यालय धनगढीका एसएसपी देवबहादुर कार्कीले मृतकका आफन्तमाथि कुटपिट गरेको आरोप लागेको छ।  
 
 

कमेन्ट लोड गर्नुस