सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर दुर्घटना : पूर्वपश्चिम राजमार्ग अवरुद्ध

२०७६ मंसिर १, ०२:०३ खबर संवाददाता

कञ्चनपुरमा शनिबार राती रोकिराखेको ट्रकमा मोटरसाईकल ठोक्किएर भएको दुर्घटनालाई लिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। कृष्णपुरमा भएको दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई उचित क्षतीपूर्ती र मृतकका आफन्तमाथि मदिरा सेवन गरी कुटपिट गर्ने संघिय प्रहरी ईकाइ कार्यालय धनगढीका एसएसपीमाथि कारवाहीको माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन्।

उनीहरुले पूर्वपश्चिम राजमार्गको झलारीमा नाराबाजी गर्दै सडकमा अवरोध सिर्जना गरेका छन्।  अहिले राजमार्गमा चल्ने सवारी साधन झलारीमै अलपत्र परेका छन्। शनिबार राती वाणीमा मोटरसाईकल ठोक्किएर स्थानीय २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको थियो।

राती नै घटना स्थल पुगेका मृतकका आफन्तमाथि एसएसपी बोगटीले कुटपिट गरेको आरोप लगाएका छन्। उनीहरुले एसएसपी बोगटीको मोवाईल समेत बरामद गरी प्रहरीलाई बुझाएका छन्। मृतकका आफन्तले ट्रकमा ठोक्किएर नभई ठक्कर दिई घाईते भएको अवस्थामा किचेर मारेको आरोप पनि लगाएका छन्।  

सम्बन्धीत समाचार 

कञ्चनपुर दुर्घटनामा मुछिए एसएसपी बोगटी, मदिरामा लठ्ठ भएर मृतकका आफन्तमाथि कुटपिट गरेको आरोप

कञ्चनपुरमा रोकेको ट्रकमा मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु

कञ्चनपुर दुर्घटना : कुटपिट गर्ने एसएसपीमाथि कारवाहीको माग गर्दै प्रर्दशन

 

कमेन्ट लोड गर्नुस