सुदूर नेपाललाई विश्वसँग जोड्दै

कारागारबाट एक जना कैदी भागे

। फोटो स्रोत ।
२०७६ मंसिर १, ०१:५९ खबर संवाददाता

कर्तव्य ज्यान मुद्दामा ५ वर्षदेखि सजाय भोगिरहेका एकजना कैदी भीमफेदी कारागारबाट भागेका छन्। सुनसरी बकुलरीका ३० वर्षीय कुलदीप राज धामी शनिबार राति भागेका हुन्। सशस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा रहेको कारागारको १२ फिट अग्लो पर्खाल नाघेर धामी भागेको कारागारका जेलर प्रकाश खनालले बताए। राति कैदी फरार भएको खबर पाएपछि खोजी थालिएको कारागारले जनाएको छ।

तारबारसहितको अग्लो पर्खाल कसरी नाघे भन्नेबारे अनुसन्धान थालिएको छ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका धामीले ५ वर्षदेखि सजाय भोगिरहेका थिए।
 

कमेन्ट लोड गर्नुस