सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीले पक्राउ गरेका युवकको मृत्यु, स्थानीयद्धारा सडक अवरुद्ध

। फोटो स्रोत ।
२०७६ मंसिर १, ०१:४१ खबर संवाददाता

प्रहरीले पक्राउ गरेका युवकको मृत्यु भएको विरोधमा स्थानीयले पृथ्वी राजमार्ग अबरुद्ध पारेका छन्। आइतबार चितवनको इच्छाकामना गाउँपालिका–३ मा स्थानीयले पृथ्वी राजमार्ग बन्द गराएका छन्। इच्छाकामना गाउँपालिका–५ का २८ वर्षीय राम कँडेलको आइतबार विहान मृत्यु विरोधमा उनीहरुले राजमार्ग अवरुद्ध पारेका हुन्। अहिले सडक खुलाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।

सडक अवरुद्ध भएपछि राजधानी काठमाडौं जाने र काठमाडौंबाट देशका विभिन्न भागमा जाने सवारी साधन बीच बाटोमा नै रोकिएका छन्। शनिबार राति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर फर्किने क्रममा एक सवारी साधनभित्र ती युवाले अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट फिस्लिङमा राखिएका कँडेल प्रहरीलाई झुक्याएर भाग्ने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक कँडेलको शव भरतपुर अस्पताल शव गृहमा राखिएको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस