सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध

२०७६ मंसिर १, १२:४१ खबर संवाददाता

सुदूरपश्चिमका सात पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ। चमेलिया जलविद्युतले डोटीको बुडरमा टावर मर्मतको काम गरिरहेकाले विद्युत सेवा अवरुद्ध भएको हो।

नेपाल विद्युत प्राविधिकरण डडेल्धुरा वितरण शाखाले डोटीमा टावर मर्मतको काम भइरहेकाले सेवा अवरुद्ध भएको जनाएको छ।

आज साँझ ६ बजेपछि मात्र विद्युत सुचारु हुने बताईएको छ। विद्युत सेवा अवरुद्ध हुँदा पहाडी जिल्लामा उद्योग धन्दा, सञ्चार माध्यम प्रभावित भएका छन्। 
 

 

कमेन्ट लोड गर्नुस