सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह सुरु

२०७६ मंसिर १, १२:३१ खबर संवाददाता

राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ। स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मागसहित काठमाडौँको शान्तिवाटिकामा आइतबार बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन्। पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलदेवी शाहको तस्वीर अंकित ब्यानरसहित सूरु गरिएको सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आबद्ध अगुवाहरुको सहभागिता रहेको छ।

मुलुकको निकास र विकासका लागि ९५ प्रतिशत नागरिकहरु हिन्दु रहेको मुलुकमा हिन्दुराष्ट्र पुनःस्थापना र नेपालको निकास तथा विकासका लागि राजसंस्था कायम गर्न माग गर्दै सत्याग्रह सुरु गरिएको शिव सेना नेपालका केन्द्रीय सदस्य चीरणवीर प्रताप खड्काले जानकारी दिए। उनले भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औँल्याउँदै सचेत रहन सरकारलाई दबाब दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको बताए।
 

कमेन्ट लोड गर्नुस