सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्कुटर दुर्घटना हुँदा कञ्चनपुरकी एक युवतीको मृत्यु

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७६ मंसिर १, १०:४० खबर संवाददाता

काभ्रेपलाञ्चोकमा स्कुटर दुर्घटना हुंदा कञ्चनपुर घर भएकी एक  युवतीको मृत्यु भएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ डालाबेँसीस्थित बिपी राजमार्गमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भई पुरानो बानेश्वर काठमाडौँ कोठा गरी बस्ने १९ वर्षीय अनुपमाकुमारी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार काठमाडौँबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ९८ प ७५८२ नम्बरको स्कुटर खाल्टो छलाउने क्रममा आफँै अनियन्त्रित भई शनिबार दुर्घटना हँुदा स्कुटरमा सवार दुवै घाइते भएको र धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचारपश्चात थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौँ पठाएकोमा उपचारका क्रममा आज बिहान ३ः०० बजेतिर मृत्यु भएको हो। 

 सो दुर्घटनामा परी घाइते भएका स्कुटर चालक रामेछाप मन्थली नगरपालिका–९ घर भई हाल मध्यबनेश्वर काठमाडौँ कोठा गरी बस्ने अन्दाजी वर्ष २२ को गोपाल बोहराको दाहिने हातको औँला र बायाँ खुट्टामा चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। रासस
 

कमेन्ट लोड गर्नुस