सुदूर नेपाललाई विश्वसँग जोड्दै

उत्तरी सिरियामा कार बम बिस्फोट, १४ जनाको मृत्यु

२०७६ कार्तिक ३०, ०७:१६ खबर संवाददाता

उत्तरी सिरियाको अल–बाब शहरमा शनिबार भएको कार बम हमलामा १४ जनाको मृत्यु भएको छ । यस टर्की–नियन्त्रित क्षेत्रमा भएको हमलामा मारिनेहरुमा अधिकांश सर्वसाधारण छन्।  बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले उक्त घटनामा अरु ३३ जना घाइते भएको र केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ।

उक्त बम शहरको बस तथा ट्याक्सी पार्किङ स्थलमा बिस्फोट गराइएको थियो। टर्की र सिरियाभित्र सक्रिय समूहहरुले उत्तरी सिरियाका विभिन्न इलाकामा सन् २०१६ देखि नियन्त्रण कायम गरेका छन् । उक्त बम आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। सन् २०१७ को फेब्रुअरीमा इस्लामिक स्टेट समूहको कब्जामा रहेको यो नगर क्षेत्रलाई टर्कीको सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो।  सिरियाको दोस्रो ठूलो शहर अलेप्पोबाट अल–बाब नगर करिब ३० किलोमिटर उत्तरमा रहेको छ। रासस

कमेन्ट लोड गर्नुस