सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सडक कालोपत्रेको माग राख्दै बेलौरी नगरपालीका लाई ज्ञापन पत्र

२०७६ कार्तिक ३०, १२:४२ खबर संवाददाता

कञ्चनपुरको कलुवापुर बेलौरी सडक खण्ड निमार्णमा ढिलाई भईरहदा समता मुलक समाज बेलौरीले बेलौरी बजार जोड्ने सडक कालोपत्रेको माग राख्दै बेलौरी नगरपालीकालाई ज्ञापन पत्र बुझाएको छ। लक्ष्मी स्विट देखी शान्ति माध्यामीक विद्यालय शान्तिपुर सम्मको बाटो कालोपत्रे गरीनुर्पे माग सहित नगरपालीकालाई ज्ञापन पत्र बुझाएको हो। यस अघी पुर्ण कालोपत्रे गरीने भनी सो सडकमा गरीएको पुरानो कालोपत्रे पनी भत्काईएको थियो।

अहिले उक्त सडक धुलाम्य भई यात्रा गर्न कठिन भएको भन्दै सिघ्र कालोपत्रेको माग गरीएको छ। सडक यथासिघ्र कालापत्रे नगरीए आन्दोलनमा समेत उत्रने समतामुलक समाज बेलौरीका अध्यक्ष तारामणी न्यौपाने द्धारा हस्ताक्षरीत ज्ञापन पत्रमा उल्लेख गरीएको छ।  

 

कमेन्ट लोड गर्नुस