सुदूर नेपाललाई विश्वसँग जोड्दै

कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्छ : सभापती देउवा

२०७६ कार्तिक ३०, ११:२४ खबर संवाददाता

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन। नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाए। पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए । 

सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको उनले आरोप लगाए। महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको  भनाइ थियो।  भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए। 

कमेन्ट लोड गर्नुस