सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओलीको तेस्रोपटक डायलासिस गरिँदै

२०७६ कार्तिक ३०, ११:११ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको छ। ग्राण्डी अस्पतालमा  शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार स्रोतले जनाएको छ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए। २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए। पछिल्लो उनको मृर्गौलामा थप समस्या देखिएपछि डायलाइसिस थालिएको छ।
 

कमेन्ट लोड गर्नुस