सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय युवा संघ कञ्चनपुरको संयोजकमा ‘शाह’

२०७६ कार्तिक २९, ०७:०० खबर संवाददाता

राष्ट्रिय युवा संघ कञ्चनपुरको संयोजकमा सुचित्र शाह (सुशिल) र सह–संयोजकमा प्रशान्त भट्ट चयन भएका छन् । नेकपा निकट युवाको संगठन राष्ट्रिय युवा संघ केन्द्रीय समितिले पुर्व वाईसियल अध्यक्ष शाहलाई संयोजक र पुर्व युवा संघ नेपालका उपाध्यक्ष भट्टलाई सह–संयोजकको जिम्मेबारी दिएको हो। नेकपा पार्टी एकिकरणसंगै युवा संगठनले कञ्चनपुर लगायत देशभरीकै ७७ जिल्लामा नेतृत्व चयन गरीएको जनाएको छ।

 राष्ट्रिय युवा संघको जिम्मेबारी पाएका संयोजक शाह र सहसंयोजक भट्टले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ निर्वाह गर्नेमा प्रतिबद्धता जाहेर गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस