सुदूर नेपाललाई विश्वसँग जोड्दै

काङ्ग्रेसलाई चुनाव जित्नुपर्छ : नेता डा. रिजाल

२०७६ कार्तिक २९, ०४:०६ खबर संवाददाता

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले जनताको विश्वासलाई कायम राख्न काङ्ग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘‘यो चुनाव जितेर सरकार परिवर्तन हुँदैन, काङ्ग्रेस सत्तामा पनि पुग्दैन तर काङ्ग्रेसप्रति जनताको विश्वास कायमै छ भन्ने सन्देश दिन पनि यो चुनाव जित्नु अपरिहार्य छ।’’

संविधानको रक्षा गर्दै सरकारका अलोकतान्त्रिक गतिविधि रोक्न पनि यो चुनाव काङ्ग्रेसले जित्न आवश्यक रहेको उल्लेख गर्दै उनले कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई जिताउन आग्रह गरे।

कास्की काङ्ग्रेसले घरदैलो तथा मतदाता भेटघाट अभियान तीव्र बनाएको छ। पोखराका ११ वटै वडाभित्रका सबै टोलमा काङ्ग्रेसका नेता कार्यकर्ता पुग्ने र मतदाता भेटघाट गर्ने कार्यक्रम तीव्ररुपमा भइरहेको कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जानकारी गराए। रासस
 

कमेन्ट लोड गर्नुस