सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सहित सचिवालयका ६ जनाको राजीनामा स्वीकृत

२०७६ कार्तिक २९, १२:०३

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सहित ६ जनाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्रधानमन्त्रीको सचिवालयका सवै कर्मचारीले राजीनामा दिएका थिए ।

राजिनामा दिएका मध्ये प्रेस सल्लाहकार कुन्दन अर्याल, विकास विज्ञ घनश्याम भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेल र स्वकीय अधिकृत उदय पोखरेलको राजीनामा स्वीकृत भएको हो ।

राजीनामा स्वीकृत गरिएका कर्मचारीहरुलाई अहिलेसम्म आधिकारीक जानकारी दिइएको छैन ।  प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी, स्वकीय सचिवमा राजेश बज्राचार्य, स्वकीय सहसचिवमा होम थापा, स्वकीय उपसचिवमा दिपेन्द्र दाहाल, रामशरण बजगाई र चेतन अधिकारी कार्यरत थिए । 

यी मध्ये अधिकारी प्रेस संयोजकको जिम्मेवारीमा थिए भने बजगाईले सामाजिक सञ्जाल हेर्ने जिम्मेवारी पाएका छन् । राजीनामा बुझाएका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र विदेश मामला सल्लाहकार राजन भट्टराईको भने राजीनामा स्वीकृत नभएको जनाइएको छ ।
 

कमेन्ट लोड गर्नुस