सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्डोनेसियामा शक्तिशाली भू–कम्प, सुनामी आउने चेतावनी

२०७६ कार्तिक २९, ११:३२

इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार बिहान गएको ७.१ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले  जनाएको छ ।
 
भूकम्पको केन्द्रविन्दु मोलुसा सागरको ७३ किलोमिटर गहिराइमा रहेको बताइएको छ । भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी समेत दिइएको छ ।

अलजजिराका अनुसार इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तको पूर्वी भेगमा सुनामीको चेतावनी दिइएको हो । इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी दिँदै गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ ।

स्थानीय टेलिभिजन च्यानलका अनुसार भूकम्पको धक्काका कारण उत्तरी सुलावेसी र उत्तरी मालुकु प्रान्तमा त्रास पैदा भएको छ । सरकारले पनि विशेष गरी उत्तरी सुलावेसी प्रान्त र उत्तरी मालुकी प्रान्तका बासिन्दालाई नै सतर्क रहन भनेको छ । -एजेन्सी

कमेन्ट लोड गर्नुस