सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

२०७६ कार्तिक २९, १०:०९ खबर संवाददाता

कञ्चनपुरमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गजरौलामा मोटरसाइकलको ठक्करबाट स्थानीय तिलुदेवी कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढीबाट महेन्द्रनगर जादै गरेको से १ प १६५६ नम्बरको मोटरसाइकलले ठक्कर दिदा घाईते भएकी कुँवरको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरिक्षक नैनबहादुर साउँदले जानकारी दिए। मोटरसाईकल र  चालकलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक साउँदले बताए।   
 

कमेन्ट लोड गर्नुस