सुदूर नेपाललाई विश्वसँग जोड्दै

इन्डोनेसियामा भूकम्प, सुनामीको चेतावनी

२०७६ कार्तिक २९, ०९:३९ खबर संवाददाता

इन्डोनेसियाको मालुकु प्रान्तमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार शुक्रबार बिहान ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ। भूकम्पको केन्द्रविन्दु मोलुसा सागरमा ७३ किलोमिटर गहिराइमा थियो। मानवीय र भौतिक क्षतिको विवरण भने आइसकेको छैन। यो भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ। इन्डोनेसियाको मौसम विज्ञान विभागले सुनामी आउने चेतावनी जारी गर्दै मानिसहरुलाई समुद्र तटभन्दा टाढै रहन आग्रह गरेको छ।

स्थानीय टेलिभिजन च्यानलका अनुसार भूकम्पको धक्काका कारण उत्तरी सुलावेसी र उत्तरी मालुकु प्रान्तमा त्रास पैदा भएको छ। सरकारले पनि विशेष गरी उत्तरी सुलावेसी प्रान्त र उत्तरी मालुकी प्रान्तका बासिन्दालाई नै सतर्क रहन भनेको छ।

कमेन्ट लोड गर्नुस