सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच सीमा सुरक्षाबारे छलफल

। फोटो स्रोत ।
२०७६ कार्तिक २९, ०९:२४ खबर संवाददाता

चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच ब्राजिलमा भेटवार्ता भएको छ। ब्राजिलको राजधानी ब्राजिलियामा आयोजित ब्रिक्स सम्मेलनको क्रममा उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा सीमा सुरक्षाको विषयमा छलफल भएको र सीमा क्षेत्रमा शान्ति कायम राख्ने विषयमा विशेष जोड दिइएको बीबीसीले लेखेको छ।  यसबारे दुई देशका अधिकारीहरुको संयुक्त बैठक बस्ने पनि भनिएको छ।
उनीहरुबीच सीमा सुरक्षाको विषयमा छलफल भएको भनिए पनि कश्मीर, लिपुलेकलगायतका मुद्दामा छलफल भयो कि भएन भन्ने कुरा खुलाइएको छैन।

सी र मोदीबीच पाँच वर्ष अगाडि पनि ब्राजिलमै भेटवार्ता भएको थियो। ब्राजिलमा भएको पछिल्लो भेटमा सी चिनफिङले चीन भ्रमणको निम्तो दिएको मोदीले उल्लेख गरेका छन् । हालै सीले भारतको भ्रमण गरेका थिए। भारत हुँदै नेपाल आएका सी दुई दिन काठमाडौं बसेर स्वदेश फर्किएका थिए।
 

कमेन्ट लोड गर्नुस